नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त
- माघ २०, २०७८
- 0
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । १७ गते बसेको मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो । रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए ।
जसमध्ये विभिन्न चरणमा छनौट गर्दै कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । तीन जना मध्येबाट मन्त्रिपरिषद बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
पाल्पा स्थायी घर भएका कार्की नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् । हाल कार्की बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् ।
0 प्रतिक्रिया
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]
राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो […]










