सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड
- माघ १८, २०७८
- 0
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पु-याएको छ ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु-याइएको छ ।
0 प्रतिक्रिया
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]
राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो […]










