महासंघ अध्यक्ष गोल्छा र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसंगको व्यापार सम्झौतालाई प्राथमिकता

news-details

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसंगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्युन लगानी भएको हुदा सम्भावना पहिल्याउन सकिने बताए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि सहभागिता थियो ।

पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । ‘पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ’, उनले भने, ‘हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ ।’

नवनियुक्त राजदूत आचार्यले आप्mनो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उनले भने, ‘यो मेरो प्राथमिकतामा रहेको बिषय हो ।’

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफुलाई निजी क्षेत्रको धारणा बुझन र यी बिषयमा काम गर्न सहज हुने बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । ‘यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुनेछ’, उनले भने, ‘दुतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *