हिमालयन बैंकको ६ महिनाको नाफा ७४ करोड ३४ लाख

news-details

कुल २७ वटा वाणिज्य बैंकमध्ये चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण (रिपोर्ट) सार्वजनिक गर्न बाँकी हिमालयन बैंकले पनि आफ्नो नाफा नोक्सान हिसाब सार्वजनिक गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.८० प्रतिशतले नाफा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको ६ महिनामा ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो । नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार ३८० रुपैयाँ पुगेको छ ।

चालू आवको ६ महिनाको अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार ३५ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९८ करोड ६४ लाख ८४ हजार रूपैयाँबाट बढेर १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ पुगेको छ । १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १५ करोड १२ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने २.१३ प्रतिशतबाट घटेर ०.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०५ पैसा रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *