ई-सेवा १४ औं वर्षमा प्रवेश, वित्तीय पहुँच बढाउने योजना

news-details

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा १४ औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन सार्वजनिक गरी सन् २०१० जनवरी २५ बाट सेवा सुरू गरेको ई-सेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा योगदान पुर्‍याएको छ।

१३ वर्षको अवधिमा ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। त्यसैगरी कम्पनीकाअनुसार अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई-सेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेका छन्। त्यस्तै, ई-सेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या करिब ५० लाख पुगेको कम्पनी बताउँछ। ई-सेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन्।

१३ औं वार्षिक उत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘१४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गर्छौं। कोभिड(१९ महामारीको अहिलेको समयमा धेरैभन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरि आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढि शशक्त रूपमा अगाडी बढाउन हामी प्रतिबद्ध छौं।’

ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता पुर्‍याएको छ। आगामी दिनमा ई-सेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको कम्पनीका सिइओ सापकोटाले बताए।

ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शूल्कलगायतका सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *