जिएमइ रेमिट र बहराइनको एनइसि मनी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

news-details

बहराइनस्थित ख्याति प्राप्त मनी एक्स्चेन्ज कम्पनी एनइसि मनी एक्स्चेन्ज र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

यस सम्झौता पश्चात बहराइनमा रहेका नेपालीहरुले एनइसि मनी एक्स्चेन्जका बहराइनभर छरिएर रहेका २१ वटा शाखा संजालबाट सजिलै नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सक्ने भएका छन ।

उक्त सम्झौतामा जि.एम.इ. रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसि मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनोले हस्ताक्षर गरेका छन् ।

एनइसि मनी एक्सचेन्जबाट रेमिट्यान्स गरेको रकम नेपालभर छरिएर रहेका जिएमई रेमिटसँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रबाट सहजै नगद भुक्तानी लिन सकिने छ । साथै नेपालभर रहेका जुनसुकै बैंक तथा वित्तिय संस्थामा तुरुन्त रकम जम्मा गर्न सकिनुका साथै आइएमई पे वालेटमा रकम पठाउन र पाउन मिल्ने सुविधा रहेको जिएमइले जनाएको छ ।

जि.एम.इ. रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *