नबिल बैंकले खोप कार्ड हेरेर मात्रै बैंकिङ सेवा उपलब्ध गराउने

news-details

नबिल बैंकका ग्राहक तथा सेवाग्राहीले बैंकको सेवा लिन जाँदा अनिवार्यरूपमा खोप कार्ड देखाउनु पर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यअनुरूप बैंकले खोप कार्डलाई अनिवार्य गरेको बताएको छ । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निर्णयबमोजिम नै बैंकले सेवाग्राही र ग्राहकका लागि खोप कार्ड अनिवार्य गरेको बैंकको भनाइ छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकका सबै कार्यालयहरूमा खोप कार्ड हेरेर मात्रै प्रवेश दिनुपर्ने भएकाले बैंकको कुनै पनि शाखा वा कार्यालयहरूमा सेवा लिन आउँदा खोप कार्ड बोकेर आउन आग्रह गरेको छ । कार्ड साथमा नभएको अवस्थामा कार्डको फोटो मोबाइलमा भए पनि हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

महामारीको समयमा बैंकले अवलम्बन गरेको नीतिबाट सेवाग्रही तथा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरू काठमाडौं, भक्तपुर र ललितपुरले संयुक्त ओदेश जार्दै गर्दै शनिबारदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । सोही सन्दर्भमा सार्वजनिक सेवा लिन सबैले खोप कार्ड अनिवार्य (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने प्रशासनको आदेश छ । आदेशबमोजिम नबिल बैंकले आफ्नो सेवाग्राहीका हकमा पनि यस्तो नियम लागू गरेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *