फाइबर नपुगेको ठाउँमा नेपाल टेलिकमको ‘नमस्ते वाईफाई’ सेवा शुरू

news-details

नेपाल टेलिकमले नमस्ते वाईफाई सेवा शुरू गरेको छ ।

कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गर्न लागेको हो ।

टेलिकमले नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज उपलब्ध गराउन साइबरनेटिक्स प्रालिसँग सम्झौता समेत गरेको छ ।

बुधबार सम्पन्न उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायीक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजी एलटीई नमस्ते वाई–फाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुअल र गभर्मेन्ट इन्स्टिच्युसन गरी दुई प्रकारका प्याकेजहरू उपलब्ध गराइरहेको छ ।

इन्डिभिजुअल प्याकेज अन्तर्गत कम्पनीले ८०० रुपैयाँमा ३० दिनका लागि ६० जीबी डेटा उपलब्ध गराएको छ । यस बाहेक एक वर्षका लागि ९,००० रुपैयाँमा ७२० जीबी डेटा प्याकेज समेत रहेको छ । जुन प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी डेटा प्याक समेत लिन सकिन्छ ।

त्यस्तै होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १,२०० रुपैयाँमा ३० दिनका लागि १२० जीबी डेटा उपलब्ध छ । एक वर्षका लागि १३,५०० रुपैयाँमा १,४४० जीबी डेटा रहेको प्याकेज समेत ग्राहकले खरिद गर्न सक्नेछन् । जुन प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवै प्याकेजमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जीबी डेटा प्याक लिन सकिन्छ ।

अर्कोतर्फ गभर्मेन्ट इन्स्टिच्युसन प्याकेजमा ३,६५० रुपैयाँ र २,१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *