डिश होम फाइबरनेटद्धारा डिलर दाइ सम्मान कार्यक्रम

news-details

डिश होमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

गण्डकी अञ्चलमा डिश होम फाइबरनेटको बिक्रि र ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स, स्यांग्जा जिल्लाको रन्जना फेन्सी , लुद्रमान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक एक थान ल्यापटप, साथै बिक्रि पछि उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशा पत्रसहित सम्मान गरेका छन ।

उक्त कार्यक्रममा गोर्खा, लम्जुङ्ग, स्यांग्जा, तनहुँ र कास्कीका डिष्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिश होम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिश होम प्रयोग गरिरेका ग्राहकलाई १० एमविपिएस निशुल्क इन्टरनेट सुबिधा देखि ६०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

सुपथ मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोंगको उत्कृष्ट अनुभव पाउने कुरा डिश होमको दावी रहेको छ । डिश होम फाइबरनेटप्रति दैनिक ग्राहकको आकर्षणका साथै बिश्वाश बढिरहेको कुरा प्रदिप सुबेदीले जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *