हिमालयन बैंकद्धारा सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान दर्ता किताब प्रदान
- कार्तिक २९, २०७८
- 0
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब उपलब्ध गराएको छ ।
प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई बैंकले दर्ता किताब सहयोग गरेको हो ।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहबीच सहयोग सामग्री हस्तान्तरण गरे ।
२०५९ मा स्थापित उक्त अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । सो अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित मध्येमा पर्छ ।
स्वदेशी तथा विदेशी दाताको सहयोगबाट संचालित प्रतिष्ठानले वृद्धाश्रम पनि संचालन गरिरहेको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]










