भृकुटीमण्डपमा शुरु भयो ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’

एकै छानामुनी अपत्यारिलो मूल्यमा नयाँ नयाँ डिजाइनका जुत्ताहरु पाइने
news-details

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ शुरु भएको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल बिक्रिबितरण हुन थालेको हो ।

मेलामा सस्तो र गुणस्तरीय जुत्ताचप्पल सहुलियतका साथ एक हजारभन्दा बढि डिजाइनका आकर्षक र नयाँ नयाँ जुत्ताहरु उपलब्ध रहेका छन् । असोज ९ गते शनिवारदेखि चल्ने मेलामा दशैंको विशेष सहुलियत रहेको आयोजकको भनाई छ ।

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड केटीएम सुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, फुटमाण्डु सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि नयाँनयाँ डिजाइनका जुत्ताचप्पल पाइने आयोजक प्रमोद महतोले जानकारी दिए ।

पहिला महाकुम्भ जुत्ता मेला संचालन गर्ने समूहले नै दशै सहुलियत मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’ महतोले रोजगार मञ्चलाई बताए ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक जीवन श्रेष्ठले बताए ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया