हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी
- भदौ ३०, २०७८
- 0
वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि शुक्रबार बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाइ सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताए ।
‘वर्षातका कारण स्थलमार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भने,‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्नेछ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’
उहाँका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाज मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । दशैं, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उनले बताए ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









