चिनसँगको नाका सहज सुचारुका लागि हिमालय सीमापार बाणिज्य संघको आग्रह

news-details

नेपाल–चिनबीच आयात–निर्यातको प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका र रसुवा नाका सहज सुचारुका लागि नेपाल हिमालय सीमापार बाणिज्य संघले सरकारलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष अशोककुमार श्रेष्ठसहितको टोलिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै तातोपानी र रसुवा नाकाको यातायात पूर्वाधार तथा भौतिक पूर्वाधार मर्मत–संभार र स्थोन्नोत्तरीका लागि आग्रह गरेको हो ।

मन्त्रालयमा भएको उक्त भेटवार्तामा व्यवसायीहरुले सिन्धुपाल्चोकको जुरेदेखि तातोपानीसम्म र रसुवाको धुन्चेदेखि सिमानाकासम्मको सडक खण्ड छिटो भन्दा छिटो मर्मत संभार गरिदिन सरकारको ध्यानाकर्षण गराएको संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।

सो अवसरमा सचिव श्रेष्ठले आफु तातोपानी र रसुवा दुवै नाकासम्म पुग्ने सडक र भौतिक पूर्वाधारको समस्याबारे जानकार रहेको बताउदै जतिसक्दो चाडो यो समस्या समाधान गर्ने आश्वासन दिएका थिए । उनले तातोपानी सडक खण्डको लिपिङ पुलमा भएको सडक अवरुद्ध अबको ३–४ दिनमा नै बनिसक्ने गरि काम भैरहेको जनाउदै अन्य स्थानमा भएको सडक अवरुद्ध पनि छिटो मर्मतसंभार गरिने बताए ।

‘सडक अवरुद्ध हुदा बीचबीचमा सामान झार्ने र पुनः लोड गर्नुपर्ने झण्झट बेहोरिरहनुपर्दा ढुवानी खर्च त बढेको छ नै सामान समयमा ल्याउन नसक्दा सबै व्यायारी व्यवसायीहरु चर्को मारमा परिरहनुपरेको छ’ संघका बरिष्ठ उपाध्यक्ष रामहरी कार्कीले बताए ।

यसैबीच संघका अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसँग पनि भेटवार्ता गरेको छ । सो अवसरमा चिनबाट सामान बोकेर आउने कन्टेनरको संख्या बढाउन बढाउनका लागि कुटनैतिक पहलको आग्रह गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

अहिले केरुङबाट दैनिक ९ वटा कन्टेनर र तातोपानीसम्म १० वटा मात्र कन्टेनर आइरहेकोमा यो संख्या बढाउन सके व्यापारी व्यवसायीहरुले सामान ल्याउन लामोसमयसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने संघका उपाध्यक्ष नयन क्षेत्री पण्डितको भनाई छ । ‘भौतिक पूर्वाधार निर्माण गरिए कन्टेनर संख्या बढाउने चिनले आश्वासन दिएको छ, यसलाई नेपाल सरकारले चाडो भन्दा चाडो बुझिदियोस्’ पण्डितले भने ।

‘सामान ल्याउन महिनौ लाग्ने समस्याले सामान टुटने–फुटने, बिग्रने मात्र नभई सिजनेवल सामान सिजनमै ल्याइपुर्याउन नसक्दा हाम्रो लगानी वालुवामा पानी जस्तै भैरहेको छ’ संघका सचिव रामचन्द्र पराजुलीले भने –‘झन चाडवाडको समय नजिकिदै गर्दा कन्टेनर धेरै छाडन नसक्ने हो भने ढुवानी खर्च बढ्ने त्रासमा हामी बाच्नुपरेको छ, सरकारले यो अवस्थाको अन्त्य चाडो भन्दा चाडो गरोस् भन्ने हाम्रो माग हो ।’

‘नाका सहज सुचारु हुन नसक्दा व्यापारी व्यवसायी मात्र होइनन, त्यस क्षेत्रमा रोजिरोटी गर्दै आएका हजारौ स्थानिय नागरिक विदेश पलायन हुन बाध्य भैरहेका छन भने राज्यले दैनिक करोडौ राजश्वसमेत गुमाइरहेको छ’ संघका अध्यक्ष श्रेष्ठले भने ‘देशकै अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य सीमानाका भएका कारण पनि जतिसक्दो चाडो राज्यले सडक संजाल र भौतिक पूर्वाधार मर्मतसंभार तथा निर्माण गरेर पहिलेकै जस्तो सहज सुचारु बनाउने काममा ढिलाई गर्नै हुदैन ।’

भुकम्प, बाढि–पहिरो लगायतको विपतले भौतिक पूर्वाधारमा क्षति पु¥याएसँगै यी दुवै नाका सहज सुचारु हुन नसक्दा नेपाल–चिनबीच व्यापार गर्दै आइरहेका व्यापारी–व्यवसायी मात्र नभएर स्थानियवासी, उपभोक्ता र राज्य सबै पक्षले ठुलो क्षति व्योहोरिरहनुपरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *