सुपथ मूल्य पसल र ‘अनलाइन टिकेटिङ’व्यवस्थाको निर्णय
- भदौ २१, २०७८
- 0
सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









