माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पाँचौ युनिटबाट विद्युत उत्पादन सुरु
- भदौ ४, २०७८
- 0
माथिल्लो तामाकोशी जलवद्युत आयोजनाको ५ वटा युनिटबाट विद्युत उत्पादन सुरु भएको छ ।
दोलखाको विगु गाउपालिका वडा नम्बर १ स्थित गोगरमा रहेको आयोजनाको ५ युनिटबाट विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो ।
स्वदेशी लगानीमा निर्माणधीन आयोजनाको ५ वटै युनिटबाट विद्युत उत्पादन सुरु भएसँगै ३ सय ८० मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । प्रति युनिट ७६(७६ गरी ५ वटा युनिटबाट ३ सय ८० मेगावट विद्युत उत्पादन भएको हो ।
भदौ महिनासम्म सबै युनिटबाट पुर्ण क्षमतामा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य अनुसार सबै युनिटबाट विद्युत उत्पादन गरी ४ सय ५६ मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









