आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
- साउन २९, २०७८
- 0
केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति अनुमोदन गरेमा सम्भवतः आजै दिउँसो सार्वजनिक गरिने तयारी केन्द्रीय बैंकले गरेको छ ।
सरकार परिवर्तनसँगै बजेट संशोधनमा भएको ढिलाइ एवं सरकारले समेत पूर्णता नपाउँदा मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो । प्रतिस्थापन विधेयकमार्फत् सरकारले बजेट संशोधन गर्ने तयारी गरिरहेको छ । तर केन्द्रीय बैंकले अब यसलाई धेरै नकुर्ने भएको हो ।
सरकारमा सहभागी दलहरुको साझा न्यूनतम कार्यक्रम आएको छ । त्यसैलाई आधार बनाएर केन्द्रीय बैंंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाइएको छ । महत्वपूर्ण विषयमा केन्द्रीय बैंकले यसअघि नै सर्कुलर जारी गरिसकेको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









