सिन्धुपाल्चोकका लिभर बिरामीलाई हिमालय सीमापार र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सहयोग

news-details

दुइटै लिभर ड्यामेज भई विरामी परेका सिन्धुपाल्चोक बाह्रबिसे–८ का कुमार श्रेष्ठलाई नेपाल हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेका छन् ।

वीर हस्पिटल काठमाडौंमा उपचारत श्रेष्ठलाई शुक्रवार अस्पतालमा नै पुगेर हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले एक लाख ५० हजार रुपैया हस्तान्तरण गरे । संघका पदाधिकारीहरुले मानवीय नाताले व्यक्तिगतरुपमा उक्त सहयोग गरेका हुन् ।

‘जिल्लाबासी बिरामी भएको थाहा पाएपछि हामीले व्यक्तिगतरुपमा पैसा उठाएर मानवीय नाताले सहयोग गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने –‘यो रकम धेरै त होइन तर हामी साथमा नै छौ भन्न खोजेका मात्र हौ ।’

विरामी श्रेष्ठकी श्रीमती सुष्मा श्रेष्ठले सहयोगीहरुलाई धन्यवाद दिदै सबैको सहयोगले श्रीमानलाई ठीक हुने विश्वास व्यक्त गरिन् । उनले भनिन् –‘उहाँ पहिलादेखि नै गाडि चलाउनु हुन्थ्यो अहिले लिभर ड्यामेज भएछ, छिटोभन्दा छिटो लिभर ट्रान्सप्लान्ट गर्नुभएन भने जे पनि हुन सक्छ भनेर हस्पिटलले बारम्बार भनिरहेको छ ।’

विरामी निको भएपछि सहयोगीहरु समक्ष धन्यवाद दिन फेरि आउने श्रेष्ठले बताइन् । आर्थिक अवस्था कमजोर रहेको श्रेष्ठ परिवारलाई लिभर ट्रान्सप्लान्ट गर्न अझ धेरै सहयोगको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

सो अवसरमा हिमालय सीमापार बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, उपाध्यक्ष अर्जुन कार्की र सचिव रामचन्द्र पराजुलीको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *