जिएमई र यूएईको जिसीसी एक्सचेञ्जबीच रेमिट्यान्स कारोवारसम्बन्धी सम्झौता

news-details

नेपालको प्रख्यात रेमिट्यान्स कम्पनी जिएमई रेमिट प्रालि र यूएईको रेमिट्यान्स कम्पनी जिसीसी एक्सचेञ्जबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

युएईमा रहेको जीसीसी एक्सचेञ्जको ५ स्थानमा रहेका शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहेका नेपालीहरुले जीसीसी एक्सचेञ्जको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा पैसा पठाउन सकिने जनाइएको छ ।

उक्त रेमिट्यान्स कारोवारसम्बन्धी सम्झौतामा जि.एम.इ रेमिट प्रा.लिको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जिसीसी एक्सचेञ्जको तर्फबाट संचालक यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

नेपालमा जिएमइ रेमिटसँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट जिसीसी एक्सचेञ्जमार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको जिएमईले जनाएको छ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *