एनबीआईको पहलमा ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग
- असार १२, २०७८
- 0
राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)को सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गरिएको छ ।
अस्पतालमा अक्सिजन संकटलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नका लागि एनबीआईले करिब ७ करोड ६८ लाख मूल्य बराबरको ६ थान अक्सिजन प्लान्ट मगाएर विभिन्न अस्पताललाई उपलब्ध गराउन सहजीकरण गरिएको एनबीआइले जनाएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघको शत प्रतिशत सहयोगमा हेटौडा अस्पताललाई, आइएमई फाउण्डेशनको शत प्रतिशत सहयोगमा टेकुस्थित शुक्रराज संक्रामक तथा सरुवा रोग अस्पताललाई तथा किर्तिपुर नगरपालिकाको ७५ प्रतिशत र एनबीआईको २५ प्रतिशत आर्थिक सहयोगमा किर्तिपुर अस्पताललाई लगायत जनमैत्री अस्पताल बालुजुमा एक एक थान प्लान्ट उपलब्ध गराइने जनाइएको छ ।
शुक्रबार साझ टर्कीबाट नेपाल ल्याईपुरयाइएको उक्त प्लान्ट जडानका लागि टर्कीबाटै दक्ष प्राविधिक पनि ल्याइएको एनबीआईले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]










