हिमालयन बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट
- असार ९, २०७८
- 0
हिमालयन बैंक लिमिटेड र ई—कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वा अधिकतम ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









