असार ७ गतेदेखि बैंकका सबै शाखामा कारोबार सुरू हुने
- असार ४, २०७८
- 0
बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ ।
सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण हाल बैंकहरुले सीमित शाखाबाट आलोपालोमा मात्र सेवा दिइरहेका छन् । त्यसैगरी निक्षेप झिक्ने र राख्ने सेवा मात्र सञ्चालनमा छ भने शाखा पनि २ बजेसम्म मात्र सञ्चालनमा छन् ।
अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ । यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









