हिमालय सिमापार बाणिज्य संघद्धारा रसुवामा कोभिड रोकथामका स्वास्थ्य सामाग्री सहयोग

news-details

नेपाल हिमालय सिमापार बाणिज्य संघले रसुवा जिल्लाका लागि कोभिड रोकथामका स्वास्थ्य सामाग्रीहरु सहायता स्वरुप उपलब्ध गराएको छ ।

संघका कार्यसमिति सदस्य छिरिङ फिन्जो लोप्चनले आज रसुवाका सहायक जिल्ला अधिकारी दुर्गा थापा केसीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

आज हस्तान्तरित स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल मास्क ३० हजार पिस, एन् ९५ मास्क २ हजार पिस, पीपीई ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेसशिल्ड २१० थान, सन ग्लास २० सेट र चस्मा २० थान रहेको संघले जानकारी दिएको छ ।

जिल्लामा कोभिड–१९ को संक्रमण बढदो अवस्थामा रहेकाले त्यसको रोकथामका लागि केहि भएपनि राहत पु¥याउने उद्देश्यले उक्त सहायता प्रदान गरिएको संघले जनाएको छ । आयातनिर्यात व्यापारलाई सहजीकमरण गर्न जिल्ला प्रशासन कार्यालय तथा संलग्न अन्य निकायको प्रयोजनार्थ उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको संघको भनाई छ ।

यसअघि संघले सिन्धुपाल्चोक उद्योग बाणिज्य संघसँगको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह, प्रशासनिय निकाय, अस्पताल, स्वास्थ चौकी, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत अन्य निकायमा अक्सिमिटर, सेनिटाइजर, सर्जिकल ग्लोबस, एन ९५ माक्स, सर्जिकल माक्स, थर्मल गन, पिपिई सेट र आवश्यक ठाउँमा इलेक्ट्रिकल अक्सिजन मेशिन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यस्तै संघले चौतारा अस्पताल, तातोपानी नाका क्षेत्र तथा काठमाडौको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ संक्रमण रोकथामका लागि सेनिटाइजर, मास्क, पिपिई लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो भने विर अस्पतालमा खानेपानीको अभाव मेटन मिनिरल वाटर सहयोग गरेको थियो ।

वि.सं. २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *