चारवटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

news-details

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेस गर्ने भएका छन ।

प्रदेश १ को दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश २ मा भने प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सभामुख सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा सो जानकारी दिनुभएको थियो ।

यस्तै बागमती प्रदेशको बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पनि आजै नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *