आर्थिक वृद्धिदर २.७ प्रतिशतको अनुमान
- जेष्ठ २७, २०७८
- 0
विश्व बैङ्कले सन् २०२०-२१ मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने अनुमान गरेको छ । यो आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको आर्थिक वृद्धिदर (३.६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो ।
मङ्गलबार ग्लोबल इकोनोमिक प्रस्पेक्टस सार्वजनिक गर्दै विश्व बैङ्कले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।
अर्को वर्ष (२०२१-२२) मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ ।
यो आर्थिक वर्षमा भारतको ८.३ प्रतिशत, बङ्गलादेशको ५.१, भुटानको पाँच प्रतिशत र पाकिस्तानको दुई प्रतिशत रहने प्रक्षेपण बैङ्कको छ । यही समय माल्दिभ्सको साढे ११ प्रतिशत, अफगानिस्तानको २.६ प्रतिशत र श्रीलङ्काको दुई प्रतिशतको आर्थिक वृद्धिदर रहने विश्व बैङ्कले जनाएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









