कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन व्यवसायीहरुको माग

news-details

निषेधाज्ञाको अवधीमा कर तथा राजस्व असुलीलाई जबरजस्ती नगर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । बुधबार तीन वटै निजी व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।

व्यवसायीहरूद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाको अवधिभर कर तथा राजस्व तिर्न सक्ने व्यवसायीहरु लिन र नसक्ने व्यवसायीहरूसँग जबरजस्ती माग्ने र जरिवाना लगाउने काम नगर्न सरकारसँग आग्रह गरिएको छ ।

गत वर्षदेखि जारी कोभिड–१९ को महामारीका कारण उद्योग धन्दा कलकारखाना तथा व्यापार, व्यवसाय सुमधुर हुन नसकिरहेको बेला थप कोभिडको दोस्रो लहरले उत्पन्न व्यवधान निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प भएकाले अहिले कर तिर्न सकिने अवस्था नरहेको भन्दै छुट दिन व्यवसायीहरुले सरकारसँग अपिल गरेका छन् ।

व्यवसायिक कर तथा राजस्व मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा राजस्व तत्कालका लागि समय थप गरिदिन व्यवसायीहरुले माग गरेका छन् ।
यद्यपि, व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत वर्षजस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पुरा गरी सरकारलाई सहयोग गर्न पनि व्यवसायीहरुले आग्रह गरेका छन् ।

सो अवसरमा व्यवसायीहरुले अहिलेको विषम परिस्थितिमा सरकारले निजी क्षेत्रको उत्थानसँगै मुलुकको आर्थिक सुधारका खातिर उत्कृष्ट बजेट ल्याएको भन्दै धन्यवाद दिँदै बजेट कार्यान्वयनमा प्रतिवद्ध हुन सरकारलाई जोड दिएका छन् ।

साथै, कोभिड–१९ को जोखिम मुलुक भित्र कम गर्न छिटो भन्दा भिटो कोभिड विरुद्धको भ्याक्सिनको प्रवन्ध गर्न समेत व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *