शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा तीन करोड बढिको स्वास्थ्य सामाग्री सहयोग
- जेष्ठ ५, २०७८
- 0
नेपालका दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले अग्रपंक्तिमा रहेर कोरोना विरुद्धको युद्धमा होमिएकाहरुका लागि सहयोगको श्रृंखला सुरु गरेका छन् ।
दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएकाहरुलाई हस्तानान्तरण गरिसकेका छन् । शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए ।
कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









