सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड—१९ का लागि अत्यावश्यक रकम नेपाल पठाउदा कुनै शुल्क नलाग्ने, ३० मिनेटमै रकम पु¥याउने

news-details

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सक्ने र रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइट www.cityexpressmoneytransfer.com.au बाट पठाउन सकिने कम्पनीले जनाएको छ ।

कोभिड—१९ को कारण यस बिषम् परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन् । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।

सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *