पेन्सन लिन बैंक हाजिर हुनु पर्ने व्यबस्था असार मसान्तसम्मका लागि हटाइयो

news-details

कोरोना संक्रमण अवस्था विकराल बन्दै गए पछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनु पर्ने व्यवस्थालाई हटाएको छ ।

सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६-६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनु पर्ने व्यवस्था थियो ।

कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधि भित्र हुने गरी पेन्सन वितरण गर्ने गरी यो व्यवस्थालाई असार मसान्तसम्मका लागि लागु गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । निवृत्तीभरण आफ्नो बैंक खाताबाट सोझै लिन सकिने व्यवस्था समेत गरेको पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *