तामाकोशीको सुरुङ्गमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

news-details

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसश जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभयो ।

देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद कुरा हो । दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने कोशेढुङ्गा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गर्नुएको छ । यसै अवसर पारेर लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गर्नुभयो । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुने र त्यसको शुुभारम्भ सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने कार्यक्रम छ ।

यस आयोजनाको सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना संक्रमणका कारण उहाँ जान सक्नु भएन । त्यसै गरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गर्नुभएको सञ्चारमन्त्रिको सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *