सिटी एक्सप्रेस र अमेरिकाको फेडेरल एक्सचेञ्ज बीच रेमिट्यान्स कारोबार शुरु

news-details

अमेरिकाको ख्याति प्राप्त फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अब अमेरिकामा रहेका नेपालीहरुले फेडेरल एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका महाप्रबन्धक रजह आरआर लियानेगले हस्ताक्षर गरे ।

सिटी एक्सप्रेसले बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *