जि.एम.ई. रेमिट र जापान मनी एक्सप्रेसबीच विप्रेषण सम्झौता

news-details

जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

यो सम्झौतासँगै जापानमा रहेका नेपालीहरुले जापान मनी एक्सप्रेस (जेएमई)को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने र वर्षको ३६५ दिन नै जेएमईमार्फत पठाएको रकम तत्काल नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको जिएमईले जनाएको छ ।

उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लिकोतर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जापान मनी एक्सप्रेस (जेएमई)को तर्फबाट अध्यक्ष अजीब गुरुङ्गले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *