पद्मोदयमोडमा फेरि लाग्यो ‘जुत्ता एक्सचेञ्ज मेला’ , पुरानोसँग नयाँ साट्न पाइने

 पुरानो जुत्ताको ५ सय रुपैयासहित एक्सचेन्ज गर्दा थप २५ प्रतिशत छुट
news-details

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा फेरि ‘जुत्ता एक्सचेञ्ज मेला’ शुरु भएको छ । पहिला पनि पटक पटक एक्सचेञ्ज मेला लगाएर उपभोक्ताको मन जितेपछि पुन मेला लागेको हो ।

नयाँ बर्ष २०७८ देखि लागेको मेलामा पुरानो जुत्ता लगेर नयाँ जुत्ता खरिद गर्न पाइने अवसर प्रदान गरिएको छ । काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेलामा कोभिडको स्वास्थ्य मापदण्ड पालना गरिएको आयोजकको भनाई छ ।

भिडियो रिपोर्ट :

 

मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजक प्रमोद महतोले जानकारी दिए ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले कोभिडपछि पहिलो पटक अहिले एक्सचेञ्ज मेला आयोजना गरेका हौ’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरिएको छ । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको भनाई छ ।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन् ।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा पुग्ने अनुमान गरिएकोछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *