डिसहोमको ‘खुसीको उडान’ योजना अन्तर्गत पहिलो हप्ताका बिजयी छनोट

news-details

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ल्याएको “खुशीको उडान” योजना अन्तर्गत पहिलो हप्ताको बिजेता छानिएका छन । यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टपअप गर्नु पर्नेछ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुने डिसहोमले जानकारी दिएको छ ।

गत चैत २६ गते पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुबाट प्रत्यक्ष प्रशारणमार्फत पहिलो हप्ताको बिजेता छनोटका लागि लक्की ड्र गरिएको थियो । लक्की ड्र मा क्यास आइडि नं. ०२५५८१३३९६० र ०२५१९२५०८८५ बिजेता बनेका छन ।

अब अर्को हप्ताको बिजेता घोषणा बैशाख २ गते डिशहोमका रियालीटी च्यानलहरुबाट प्रत्यक्ष प्रशारणमार्फत हुने र यसबारे कुनै जिज्ञाशा भए आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सकिने डिसहोमले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *