नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कबीच सहकार्य सम्झौता

news-details

बैङ्क सम्बन्धि जनचेतनामुलक स‌‌न्देश उत्पादन र प्रसारण गर्ने सम्वन्धमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् ।

नेपाल टेलिभिजनबाट बैङ्कस‍ँग‌ सम्बन्धित जनचेतनामुलक सामग्री उत्पादन र प्रसारण गर्ने सम्बन्धमा शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले देशभर वित्तीय पहु्ँच विस्तार गर्ने दिशामा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दुई संस्थाबीचको सहकार्य आउँदा दिनमा अझ उचाइमा पुर्‍याइने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *