नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कबीच सहकार्य सम्झौता
- चैत्र २८, २०७७
- 0

बैङ्क सम्बन्धि जनचेतनामुलक सन्देश उत्पादन र प्रसारण गर्ने सम्वन्धमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् ।
नेपाल टेलिभिजनबाट बैङ्कसँग सम्बन्धित जनचेतनामुलक सामग्री उत्पादन र प्रसारण गर्ने सम्बन्धमा शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले देशभर वित्तीय पहु्ँच विस्तार गर्ने दिशामा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दुई संस्थाबीचको सहकार्य आउँदा दिनमा अझ उचाइमा पुर्याइने बताउनुभयो ।
0 प्रतिक्रिया
‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्यो बाग्मती प्रदेश कमिटि

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । उद्योग, बाणिज्य तथा आपुर्ति […]
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । […]
प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ […]
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी […]
हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा […]