नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल

news-details

मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ ।

चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन हुनुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ ।

यस्तै, वाणिज्यतर्फ १५ जना सदस्यहरुमा पंकज जलान, निलकण्ठ चौलागाइँ, दीर्घमान श्रेष्ठ, सन्तोषकुमार पाण्डे, महादेव पोखरेल, नवराज ढकाल, भाईचन्द्र श्रेष्ठ, राष्ट्रभूषण चाकुबजी, दीपक श्रेष्ठ, राजु श्रेष्ठ, भीमलाल पौड्याल, दीपककाजी तुलाधर, सतीशकुमार अग्रवाल, सुरेन्द्रकुमार सारडा, रोशन भोयद्यो, निरज राई, नन्दकुमारी लम्साल, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, सुगन्धकुमार गुप्ता, अशोककुमार अग्रवाल, सुशील पाण्डेय, कैलाशचन्द्र गोयल, तुफान खड्का र कृष्णमान श्रेष्ठ चयन भएका छन्।

यसैगरी उद्योगतर्फ ९ जना सदस्यहरुमा राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, समितकुमार अग्रवाल, सुवासचन्द्र संघाई चयन भएका छन् । अन्य सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर रहेका छन् ।

यसैगरी वस्तुगत संघतर्फ अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजयकुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य र किरणकुमार डंगोल गरि ९ जना चुनियका छन् ।

यता, आबद्धतर्फ ३ जना चुनिएका छन् । जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल रहेका छन् । यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपक कुँवर र त्रिभुवनधर तुलाधर चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मल्ल यसअघि चेम्बरका वरिष्ठ उपाध्यक्ष हुन् भने हालका वरिष्ठ उपाध्यक्षमा निर्वाचित अग्रवाल वाणिज्य तर्फका उपाध्यक्ष हुन् । नवनिर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *