आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

news-details

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बुधबार दक्षिण एसियाली क्षेत्रको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै कोभिड १९ का कारण सिर्जित असहज परिस्थितीका बीच पनि नेपालको आर्थिक बृद्धिदर सन्तोषजनक देखाएको हो । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

बैंकले आज जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदन अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधार आउने देखाएको छ । जस अनुसार आगामी आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ”, प्रतिवेदनमा भनिएको छ ।

यस्तै विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशतसम्म बृद्धि हुने र २०७९/८० मा भने नेपालले ५.१ प्रतिशत सम्मको वृद्धिदर कायम गर्न सक्ने प्रक्षेपण गरेको छ ।

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *