सिभिल बैंकले वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरी ‘ग्लोबल मनी विक’ मनायो

news-details

सिभिल बैंक लिमिटेडले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरी मनाएको थियो ।

प्रदेश नं १ को बिराटनगरस्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिएको थियो ।

यसैगरी गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो ।

यसको अलवा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्पmत प्रशारण पनि गरेको थियो ।

आइसनसँग सम्झौता सम्पन्न

यसैबीच सिभिल बैंक लिमिटेड र आइसनबीच सहकार्य गर्नेगरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग प्रमुख भोला बहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छूट पाउने तथा दोश्रो पटकदेखि थप ५ प्रतिशतसमेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *