अब घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने

news-details

कामना सेवा विकास बैंकले के एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले बैंकको वेवसाईटमार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नुहुनेछ ।

उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिती थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फममार्फत ग्राहकहरुलाई विविध किसिमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *