सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा छुट

news-details

सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *