उद्योगीलाई प्रधानमन्त्रीको अपिल– अप्ठ्यारो परे सरकारलाई भन्नुस्

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय सञ्चालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्ययवसायीहरुलाई अपिल गर्नुभएको छ ।

देशका अग्रणी उद्योग व्यवसायीसँग शुक्रबार प्रधानमन्त्री निवासमा आयोजित छलफल एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन कानुनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईंहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ ।’ प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा यस्ता उद्योग व्यवसाय क्षेत्रको हितका लागि कानुन सुधार गर्न संसद अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउनसमेत आफू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघ लगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न र कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

यसैगरी हालको कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनु पर्ने सुझाव समेत उनीहरुको थियो । यसै गरी औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुली लगायतका पुर्वाधारको व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकार निकट भविष्यमा नै देशको आर्थिक परिचय फेर्ने योजनाका साथ अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने समेत बताउनुभयो । उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमुलक व्यवसायतर्फ लाग्न समेत उहाँले आव्हान गर्नुभयो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *