रसुवागढी नाका आजबाट सुचारु, सामान आउने क्रम शुरु
- फाल्गुन २१, २०७७
- 0
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि संचालनमा आएको छ ।
चिनिया भन्सार कार्यालयले आजै ७ वटा मालबाहक गाडीमा सामान नेपाल पठाउने तयारी गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट पुनः संचालनमा आउन लागेको हो ।
सीमास्तरका दुबै देशका अधिकारीबीच यसअघि भएको बैठकमा सामान आयात बढाउने सहमति भए पनि कोटा प्रणाली नै कायम रहेको छ ।
गएको भदौ २४ मा दुई देशका सीमाका अधिकारी बीच सहमति भएको थियो । चीनले रसुवागढी नाका एकतर्फी रुपमा संचालन गर्दै आएको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ तयारी पोसाक, विद्युतीय सामग्री लगायतका सामाग्रीहरु भित्रिने गरेको छ ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









