‘मेयर कप २०७७’ क्रिकेट प्रतियोगिता डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै 

news-details

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्धारा आयोजीत मेयर कप पुरुष एक दिवसिय प्रतियोगिता २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीवच समझदारी भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर कप पुरुष एक दिवसिय २०७७ प्रतियोगितामा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौ महानगरपालिका गरि कुल ५ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा भएको प्रतियोगिताको पनि डिसहोमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *