त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अठार घण्टा मात्र सञ्चालन हुने
- फाल्गुन १३, २०७७
- 0
बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ ।
बुधबार एक सूचना जारी गर्दै हालको सञ्चालन समय २१ घण्टालाई घटाएर १८ घण्टामा झारिने विमानस्थलले उल्लेख गरेको छ । आन्तरिकतर्फ उडान सङ्ख्या बढे पनि अन्तर्राष्ट्रिय उडान नबढेपछि विमानस्थलले यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।
विमानस्थल चैतको मध्यदेखि बिहान ६ः३० बजे खुलेर राति १२ः३० बजे बन्द हुनेछ । विदेशी पर्यटक अझै पनि पाँच दिने क्वारेन्टाइन बस्नुपर्ने प्रोटोकलका कारण अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । आन्तरिकतर्फ भने दैनिक एक सयभन्दा बढी उडान भइरहेका छन् ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









