त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अठार घण्टा मात्र सञ्चालन हुने

news-details

बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै हालको सञ्चालन समय २१ घण्टालाई घटाएर १८ घण्टामा झारिने विमानस्थलले उल्लेख गरेको छ । आन्तरिकतर्फ उडान सङ्ख्या बढे पनि अन्तर्राष्ट्रिय उडान नबढेपछि विमानस्थलले यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

विमानस्थल चैतको मध्यदेखि बिहान ६ः३० बजे खुलेर राति १२ः३० बजे बन्द हुनेछ । विदेशी पर्यटक अझै पनि पाँच दिने क्वारेन्टाइन बस्नुपर्ने प्रोटोकलका कारण अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । आन्तरिकतर्फ भने दैनिक एक सयभन्दा बढी उडान भइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *