प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने

news-details

प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् । वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली टोलीसहितको टोली जान लागेको हो ।

वेदकोट–२, झरना खेल मैदानमा औद्योगिक क्षेत्र शिलन्यासको कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि कार्यक्रममा सहभागी हुनेछन् ।

औद्योगिक क्षेत्र स्थापना भए यहाँका नागरिकहरुलाई सुविधा हुनुका साथै युवाहरुले समेत आफ्नै क्षेत्रमा रोजगारीको अवसर पाउने स्थानीयको अपेक्षा छ ।

कञ्चनपुरको वेदकोट दुई र ३ मा दैजी–छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । विगत लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरी सुदूरपश्चिम प्रदेशको साझा परियोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना रहेको छ । यसअघि पुस २५ गते प्रधानमन्त्री ओली सुदुरपश्चिम गएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *