विश्व व्यापार संगठनको नेतृत्व पहिलोपटक अफ्रिकी महिलाले गर्ने
- माघ २४, २०७७
- 0
विश्व व्यापार संगठनको आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा नगोजी ओकोनिजो लवालालाई कडा रुपमा समर्थन गरेपछि यो सम्भव भएको हो । यस अघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेका थिए ।
राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन । योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा नगोजी ओकोनिजो लवाला नेतृत्व सुनिश्चित भएको हो ।
आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्लुटीओको नयाँ नेतृत्व चयन हुनेछ ।
0 प्रतिक्रिया
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]
राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने […]
रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । गत भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर […]
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]









