नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सहमत
- माघ १७, २०७७
- 0
भारत सरकार नेपाललाई थप १०० मेगावाट बिजुली दिन सहमत भएको छ ।
ऊर्जासम्बद्ध नेपाल भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले नेपाललाई थप बिजुली दिने सहमति जनाएको हो । भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसारण लाइनमार्फत थप १०० मेगावाट बिजुली दिन लागेको हो ।
यससँगै यो लाइनबाट नेपाललाई ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।
अहिले बिजुलीको उच्च माग भएपछि विद्युतभार थेग्न भारतसँग नेपालले थप बिजुलीको प्रस्ताव गरेको हो ।
नेपालमा हाल अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ ।
0 प्रतिक्रिया
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]
राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने […]
रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । गत भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर […]
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]









