भृकुटीमण्डपमा लाग्यो कोभिडपछिको पहिलो जुत्तामेला

एकै छानामुनी अपत्यारिलो मूल्यमा नयाँ-नयाँ डिजाइनका जुत्ताहरु पाइने
news-details

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको मेला शुरु भएको छ । कोभिड पछि पहिलो पटक लागेको ‘फुटवेयर विजनेश एक्स्पो २०७७ ’मा ८ वटा ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताहरु रहेका छन् ।

स्वास्थ्य मापदण्ड पुरा गरी आयोजना गरिएको मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल उपलब्ध गराइएको आयोजकको भनाई छ । मेलामा एक हजारभन्दा बढि डिजाइनका आकर्षक र नयाँ नयाँ जुत्ताहरु उपलब्ध छन् ।

‘पौष २८ गतेदेखि लागेको मेलामा हामीले कोरोनाको स्वास्थ्य मापदण्ड पालना गरेका छौं’ आयोजक प्रमोद महतोले जानकारी दिए । मेलामा आउने प्रत्येक उपभोक्तालाई निःशुल्क माक्स उपलब्ध गराउनुको साथै प्रवेशद्धारमा नै स्यानिटाइजर र ज्वरो नापिने महतोको भनाई छ ।

कोरोनाले तहसनहस भएको व्यवसायमा यो एक्स्पोले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त हुने छ ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक जीवन श्रेष्ठले बताए ।

मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पीजी सुज, फुटस्टेप सुज, बोस सुज, रन सुज र सुज ल्याण्ड ब्राण्डका नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *