आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा मनिषा कोइराला

news-details

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृति कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यससँगै अब कोइराला आईएमई लाइफको जीवन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् । कोइरालाले अब कम्पनीको ब्राण्ड र यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आईएमई लाइफको सिईओ फुयाँलले भने, मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । कम्पनीले यो सम्झौता पुस २४ गतेबाट लागु हुनेगरी गरिएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *