धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन कटौती
- पुस ११, २०७७
- 0
नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन कटौती गरेको छ।
बोर्डले भोलिदेखि लागु हुने गरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ । बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको हो ।
0 प्रतिक्रिया
रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । गत भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर […]
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]
दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैं तथा तिहारका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त […]
प्रवासको अनुभव र प्रविधिको ज्ञान बोकेर कृष्ण गिरी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा […]
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]










